Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • काठमाडौंका मेयर बालेनलाई धक्का, टुकुचा उत्खनन नगर्न अन्तरिम आदेश

    काठमाडौंका मेयर बालेनलाई धक्का, टुकुचा उत्खनन नगर्न अन्तरिम आदेश

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 870
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले हात्तिसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन गर्न डोजर चलाउने काठमाडौं महानगरको अभियान कानुन विपरीत भएको ठहर गरेको छ ।

    बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै जग्गाधनीको पक्षमा फैसला गरेको हो । लिखित फैसला भने बिहीबार आउने उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।



    काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो । उसले जय नेपाल फिल्म हललगायत विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको जग्गा खनेर टुकुचा खोलालाई सतहमा फर्काउन खोजेको थियो ।



    हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २२ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए ।

    रिट निवेदकमध्ये कतिपयले राणाहरूबाटै किनेर नामसारी गरेको अनि भोग चलन गर्दै आएका थिए । कतिपयले भने राणाहरूको जग्गा सर्दै सर्दै आएका व्यक्तिबाट किनेका थिए ।

    हात्तिसारका स्थानीयले आफ्नो निजी सम्पत्तिमा महानगरले कानुनी रित प्रकृया नपुर्‍याइ डोजर चलाएको भन्दै रिट दायर गरेका थिए भने पुरातत्व विभागले पनि त्यो क्षेत्रमा अध्ययन गरेको थियो । उच्च अदालत पाटनको यो आदेशले काठमाडौं महानगरका मेयर बालेन शाहलाई थप धक्का लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार