Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • मुद्दामा प्रतिकूल बयान दिने मालपोत अधिकृत पनेरुविरुद्ध मुद्दा दायर

    मुद्दामा प्रतिकूल बयान दिने मालपोत अधिकृत पनेरुविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 642
    SHARES

    फाइल फोटो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरू महतविरुद्ध भ्रष्टाचार दायर गरेको छ ।

    आयोगले भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेकी भावना महतले बयान व्यहोराको प्रतिकूल बकपत्र दिएको भन्दै मुद्धा दायर गरेको हो । पनेरुले १ लाख ५० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको आरोपमा उनीमाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो।



    घुसबापतको रकम राखिदिने महतलाई उक्त मुद्दाको अनुसन्धानका क्रममा सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएको थियो।



    तर भावना महतले विशेष अदालत काठमाडौंसमक्ष बकपत्र गर्दा बयानको प्रतिकूल हुने बकपत्र गरेको पुष्टि भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारको मतियार मानी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    भावना महतउपर १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी ऐनअनुसार राष्ट्रसेवकलाई हुने सजायको आधा सजाय माग गरिएको छ। गत वैशाख ११ गते जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

    टोलीले महतलाई सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो । बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रकम लिएको अभियोगमा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित पनेरू पक्राउ परेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार