Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति सापकोटाले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् ।

पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको, राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले पार्टी पारित्याग गरेका हुन् ।

उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र नरहेको र आफ्ना भनाई राख्न नपाएको बताएका छन्।

सापकोटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077