Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले दिए रवि लामिछाने सांसद नभएको जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने सांसद् नभएको जानकारी गराएका छन्।

सर्वोच्च अदालतबाट प्राप्त पत्र बाचन गर्दै उनले लामिछाने सांसद् नरहेको जानकारी गराएका हुन्।

उनले प्रतिनिधिसभा नियमावली बमोजिम अब एक सांसद् पद रिक्त भएको उनको भनाइ छ। सर्वोच्च अदालतले निर्वाचन लड्दा लामिछाने अवैध नागरिकता प्रयोग गरेको ठहर गरेको थियो।

अदालतको आदेशपछि सांसद र मन्त्री पद गुमाएका लामिछानेले त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077