Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अर्कैको नाममा ‘लाइसेन्स’को ट्रायल दिने श्रेष्ठ पक्राउ

    अर्कैको नाममा ‘लाइसेन्स’को ट्रायल दिने श्रेष्ठ पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 468
    SHARES

    काठमाडौं । भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट अर्कैको नाममा मोटरसाइकलको लाइसेन्स ट्रायल दिने परीक्षार्थी पक्राउ परेका छन्।

    भक्तपुरको मध्यपुर ठिमी नगरपालिका – ९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउपालिका-५ बस्ने वर्ष २५ का युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।



    पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-५ घर भई हाल भक्तपुर दधिकोट बस्ने वर्ष २३ को देवबहादुर श्रेष्ठ रहेका छन् ।



    श्रेष्ठलाई  कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको हो। वास्तविक परीक्षार्थी खड्कालाई पनि अनुसन्धान गर्न हिरासतमा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार