Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की बालुवाटार पुगेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्।

नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन् ।

प्रचण्ड प्रधानमन्त्री र कार्की मुख्यमन्त्री बनेपछि उनीहरूबीच यो पहिलो औपचारिक भेटवार्ता हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077