Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • क्यानका ७ केन्द्रीय सदस्यद्वारा लिखित रुपमै चन्दको राजीनामा माग

    क्यानका ७ केन्द्रीय सदस्यद्वारा लिखित रुपमै चन्दको राजीनामा माग

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 531
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा लिखित रुपमा मागेका छन् ।

    केहीदिनअघि मात्रै पत्रकार सम्मेलन गरेर अध्यक्षसहित कार्यसम्पादन समितिका ५ पदाधिकारीको राजीनामा मागेका उनीहरुले मंगलबार लिखित रुपमै राजीनामा मागेका हुन् ।



    केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गरेका हुन् ।



    भारतको सेभेन थ्री स्टार स्पोर्टस्लई नेपाल टि–२० लिग सञ्चालनको जिम्मेवारी दिएर गल्ती गरेको भन्दै उनीहरुले अध्यक्षको राजीनामा मागेका हुन् । उक्त लिगअन्तर्गतको खेलामा स्पट फिक्सिङ भएको थियो ।

    यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार