एजेन्सी । चीनले अमेरिकालाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न पुनः आग्रह गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति निकालेर दुई देशबीचको सम्बन्धलाई खलल पुर्याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् ।
अमेरिकी रिपब्लिकन कंग्रेसका केभिन म्याकार्थीले केही सातापछी ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको छ ।
मन्त्रालयका प्रवक्ता माओले चीनले आफूसँग कूटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा गर्ने जुनसुकै भ्रमण र सहयोगको चीनले विरोध गर्ने बताए ।
Leave a Reply