काठमाडौं । नेपाली कांग्रेसका दुई दर्जन बढी केन्द्रीय सदस्यहरूले पार्टीका निर्णयमा केन्द्रीय समितिलाई बाइपास नगर्न सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।
बालुवाटारस्थित नेपाल हाउसमा बसेको भेलामा केन्द्रीय सदस्यसहित नेताहरूले सभापतिलाई ध्यानाकर्षण गराएका हुन् ।
केन्द्रीय कार्यसमिति समिति बैठक अनिश्चितकालका लागि स्थगित भएपछि सोमबार अपराह्न बालुवाटारस्थिति नेपाल हाउसमा कांग्रेसका केन्द्रीय सदस्यहरू आन्तरिक छलफलमा जुटेका थिए ।
पदाधिकारी र कार्यसम्पादनबाट भएका निर्णयमा कांग्रेसले उपब्धी हासिल गर्न नसकेको बैठकले निष्कर्ष निकालेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
छलफलमा केन्द्रीय सदस्यहरू पुष्पा भुषाल, रणबहादुर रावल, गोबिन्द भट्टराई, मीनबहदुर विक, नैनसिंह महर, शान्ती परियार, कुन्दन काफ्ले , चिनकाजि स्रेष्ठ, अब्दुल सत्तार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, शान्ति परियार, हरिशरण नेपाली , विद्या तिमिल्सेना, चन्द्र केसी, शुशिला थिंग, रुपा विक, राजिब ढुंगाना, कृष्णकिशोर घिमिरे, गणेश लामा, कर्णबहादुर बुढा, सीता देवकोटा लगायत सहभागी थिए ।
Leave a Reply