Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठगी गर्ने श्रेष्ठ पक्राउ

पर्सा । प्रहरीले थुनामा रहेको मानिसलाई छुटाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं ५ बस्ने ५२ वर्षीय धिरेन्द्रबहादुर श्रेष्ठ छन् ।

उनलाई यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले बतायो ।

उनी विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077