Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डपछि कांग्रेस सभापति देउवासँग नुल्याण्डको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता सकेर नुल्याण्ड सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेकी हुन् ।

भेटमा नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धका साथै विकास र सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल भएको छ ।

नुल्याण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने तालिका छ । उनी दुई दिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौं उत्रिएकी थिइन् ।

नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन्। उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077