Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा डुब्दा एक जनाको मृत्यु

पाल्पा । तिनाउ गाउँपालिका–३ पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

नवलपरासी पश्चिम पालिनन्द गाउँपालिका–२ का २४ वर्षीय अजिम पठानको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार दिउँसो करिब २ बजे तिनाउ गाउँपालिका–३ भूतखोलामा ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा उनी अचानक चिप्लिएर पोखरीमा डुबेका थिए ।

तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लैजाने क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077