Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादीबाटै नयाँ गृहमन्त्री बनाउने पक्षमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा जोड दिएका छन् ।

यसअघि गृहमन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका हुन् ।

अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन् ।

लामिछाने गृहमन्त्रीबाट हटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच गृहमन्त्रीबारे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077