Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अन्तरघातीको सूची पठाउन कांग्रेसले पुनः थप्यो म्याद

काठमाडौं । नेपाली कांग्रेसले गत आम निर्वाचनका अन्तरघातीलाई कारबाहीका लागि सिफारिस गर्ने समय पुनः थप गरेको छ ।

मातहतका समितिबाट म्याद थपका लागि सिफारिस आएपछि अनुशासन समितिले माघ मसान्तसम्मका लागि म्याद थपेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताको सूची यही माघ १५ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

यसघि कांग्रेसले पुस १५ मा आफ्ना र गठबन्धनका अन्तरघातीको सूची केन्द्रमा पठाउन भनेको थियो । पुस १० गठबन्धन भत्किएपछि कांग्रेसले पार्टीका उम्मेदवारलाई असहयोग गर्नेको मात्र सूची पठाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077