Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ ।

उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिको अगुवाइमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

मेयर बालेन्द्र साह (बालेन)ले निजी जग्गामा डोजर चलाउँदा स्थानीय मारमा परेको समितिले जनाएको छ।

महानगरले यसअघि वडा नम्बर ३१ शंखमूलमा बाटो चौडा बनाउने भन्दै बिनासूचना साहेल महर्जनको निजी जग्गामा डोजर चलाएको थियो।

प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077