Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ नागरिकता लिन रवि नपुग्दै काठमाडौं प्रशासनमा भिड, सुरक्षा व्यवस्था कडा

काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नयाँ नागरिकता लिने प्रक्रियाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय जाँदैछन् छन् ।

सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने भएका लामिछाने केहीबेरमा प्रशासन कार्यालय पुग्ने भएका हुन् ।

सर्वोच्च अदालतले शुक्रवार फैसला सुनाएपछि रवि नागरिकता विहीन छन् ।

उनी आउनु अगाडि नै जिप्रका परिसरमा भिड बढेको छ ।

अहिले जिप्रका परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति छ । प्रहरी सुरक्षा बढाइएको छ ।

अहिले जिल्ला प्रशासन परिसर र सडकमा समर्थकहरू जम्मा भएका छन् । फैसलाको दिन समर्थकहरूले रविको पक्षमा नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077