Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • अनागरिक ठहरिएका रविलाई गृहले दिएन मन्त्रीको मान्यता

    अनागरिक ठहरिएका रविलाई गृहले दिएन मन्त्रीको मान्यता

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 729
    SHARES

    काठमाडौं । नागरिकता विवादमा बर्खास्तमा परेका रवि लामिछानेलाई पूर्वगृहमन्त्रीको मान्यता दिइएको छैन । शुक्रबारसम्म गृहमन्त्री रहेका उनलाई सरकारले नै पूर्वगृहमन्त्रीको हैसियत नदिएको हो ।

    अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता नलिएको मुद्धामा दोषी ठहरिएसँगै उनी राज्यविहीन बनेका थिए । त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटायो । तर उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन् ।



    पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए। उनी मन्त्रीको रुपमा ३२ दिनमात्रै रहे ।



    शुक्रबार सर्वोच्च अदालतले रविलाई नेपाली नागरिकका लागि कानूनी प्रकृया नपुर्याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, सांसद, गृहमन्त्री र उपप्रधानमन्त्री लगायत सबै पदमा रहन नसक्ने फैसला सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार