Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • प्रेम बानियाँको रविलाई सुझाव – धैर्यताका साथ अगाडि बढ्नु, स्टेटलेस हुनु परिवर्तनको क्रान्ति हो

    प्रेम बानियाँको रविलाई सुझाव – धैर्यताका साथ अगाडि बढ्नु, स्टेटलेस हुनु परिवर्तनको क्रान्ति हो

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 780
    SHARES

    काठमाडौं । सञ्चारकर्मी प्रेम बानियाँले सर्वोच्च अदालत अनागरिक ठहर गरेका रवि लामिछानेलाई संयमता र धैर्यताका अगाडि बढ्न सुझाव दिएका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत माँत्तिने वा आँत्तिने परिस्थितीबाट बाहिर आएर संयमता र धैर्यताका साथ यो खेलमा अगाडि बढ्न आग्रह गरेका हुन् ।

    उनले भोलि अर्को कोही राज्यबिहीन नबनोस् भन्नका लागि आज तपाईं स्टेटलेस हुनु भनेको पनि परिवर्तनको एउटा क्रान्ति भएको बताए । शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेको थियो । सो फैसलासँगै उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद र मन्त्री पद खारेज भएको हो । यसैबिच सञ्चारकर्मी बाँनियाले रविलाई दुखी हुनुपर्ने रत्तिभर कारण नभएको र हामी सँधै सँगै रहेको बताए ।



    उनले लेखेका छन् ‘तपाईंले देशमा परिकल्पना नै गर्न छुटेका विषयहरुसमेत उजागर गरेर देश र जनताकै लागि योगदान गरिरहनु भएको छ १ माँत्तिने वा आँत्तिने परिस्थितीबाट बाहिर आएर संयमता र धैर्यताका साथ यो खेलमा अगाडि बढ्नुभयो भने आजका यिनै ब्यवधान र अप्ठ्यारा गौंडाहरु तपाईंको मात्र होइन देशकै जीवनमा इतिहास बन्नेछन्, नजीर बन्नेछन् । भोलि अर्को कोही राज्यबिहीन (स्टेटलेस) नबनोस्’ का लागि आज तपाईं स्टेटलेस हुनु भनेको पनि परिवर्तनको एउटा क्रान्ति हो ।’



    कुनै समय एक साथ दुई वटा देशको नागरिक भएका रवि कुनै पनि देशको नागरिक नभएको बताउँदै उनले यो आश्चर्य संसारका बिरलै मान्छेको जीवनमा मात्र हुने र त्यो रवि भएको बताए ।

    ‘फैसलाअनुसार कुनै समय एक साथ दुई वटा देशको नागरिक रहेको तपाईं अहिले कुनै पनि देशको नागरिक हुनुहुन्न ! यो आश्चर्य संसारका बिरलै मान्छेको जीवनमा मात्र हुन्छ, त्यो तपाईं बन्न पुग्नुभयो । तर, यो समय पनि छिट्टै पार हुनेछ । र, हामी मिलेरै परिवर्तनको यो ऐतिहासिक अठोटलाई पूरा गर्नेछौं । केही खत्तम भइसकेको छैन बरु झन् बलियो भएर अगाडि बढ्न तपाईंको जीवनको एउटा ‘फिल्म’ले खतरनाक उपकथा पाएको छ ! दुखी हुनुपर्ने रत्तिभर कारण छैन । हामी सँधै सँगै छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार