Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि नेपाली हुन की होइनन्, जनतालाई सोध्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । सर्वोच्च अदालतले अनागरिक भन्दै गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि धरानका मेयर हर्क साम्पाङले प्रतिक्रिया दिएका छन् ।

उनले समाजिक सञ्जाल फेसबुकमार्फत रवि नेपाली भए–नभएको बारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्ने प्रतिक्रिया दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा पहिलो प्रतिक्रियामा लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’

अर्को स्टाटसमा उनी लेख्छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’

सर्वोच्चले उम्मेदवारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्रले मान्यता नपाउने फैसला सुनाएको हो ।

कायममुकायम हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछाने निर्वाचित भएको क्षेत्र चितवन–२ को सांसद पद रिक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077