Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिमै फर्कन रविलाई सिकेको आग्रह, भन्छन् - रवि आशाको केन्द्र हुनुहुन्थ्यो,‘कमब्याकहिरो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रवि लामिछानेलाई प्रक्रिया पुर्‍याएर राजनीतिमा फर्कन सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले लामिछानेलाई आफूले आशाको केन्द्रको रुपमा हेरेको भन्दै राउतले फर्कनका लागि आग्रह गरेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो । सोही विषयमा प्रतिक्रिया दिँदै उनले रविलाई कमब्याकहिरो भनेका हुन् । उनले लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनीतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो । कमब्याकहिरो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077