Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संविधानविद् भीमार्जुनको टिप्पणी - रवि लामिछानेलाई गृहमन्त्री पद अभिशाप देखियो

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई गृहमन्त्री पद अभिशाप भएको बताएका छन् ।

सर्वोच्च अदालतले रविको सांसद पद खारेज हुने फैसला गरेपछि उनले ट्वीटरमार्फत यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतले रवि लामिछानेलाई अनागरिक ठहर गरी उनको सांसद पद खारेजसँगै आचार्यले कानुन र अदालतको आदेश सबैले मान्नै पर्नेमा कुनै विवाद नरहेको बताए ।

उनले ट्वीटरमा लेखेका छन् 'कानून र अदालतको आदेश सबैले मान्नै पर्नेमा कुनै विवाद रहेन । रवि लामिछानेको गृहमन्त्री पद पनि वहॅांलाई अभिशाप बने जस्तो लाग्यो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077