Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लामिछानेविरुद्ध रिट दिने पौडेल भन्छन् - रविको सांसद पद खारेज हुनु संविधानको जित हो

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेपछि रिट निवेदकमध्येका एक युवराज पौडेलले सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको प्रतिक्रिया दिएका छन् ।

उनले रविको सांसद पद खारेज भएपछि सर्वोच्च परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले संविधान र नागरिकता ऐनको जित भएको बताए । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले नागरिकता पुनस् प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरिदिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले नेपालको नागरिकता पुनस्प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद बन्न अयोग्य ठहर गरेको फैसलामा उल्लेख छ यससँगै लामिछानेको सांसद् र उपप्रधान तथा गृहमन्त्री पद गुमेको छ। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077