Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चको फैसलाविरुद्ध नाराबाजी गर्ने पाँच जना पक्राउ

काठमाडौं । रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको फैसलाविरुद्ध सर्वोच्च अदालत परिसरमा नाराबाजी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको फैसला सुनाउँदै उनको सांसद पद नरहने भएपछि लामिछानेको पक्षमा नाराबाजी गरेका थिए ।

लामिछानेका समर्थकले उनको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि प्रदर्शनकारी पक्राउ परेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार अन्तिम सुनुवाइले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गैरनागरिक रहेको ठहर गरेको छ ।

यससँगै गत मंसिर ४ गते चितवन क्षेत्र नम्बर २ बाट विजयी लामिछानेको सांसद पद पनि खारेजीमा परेको छ। अब उनले नागरिकता पुनर्प्राप्ति प्रक्रियामा जानुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077