Online Nepal
  • बिहिबार, १८ पुष २०८१
  • गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज संबैधानिक इजलासमा सुनुवाइ हुँदै

    गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज संबैधानिक इजलासमा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 630
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको आज पनि संबैधानिक इजलासमा सुनुवाइ हुँदैछ । गत बुधबार बहस नसकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि अर्को पेसी तोकिएको हो ।

    बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा भएको सुनुवाइ हेर्दाहेर्दै’मा राखिएको थियो ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषयको रिटमाथि बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ र आजपनि सुनुवाईले निरन्तरता पाउने छ ।



    बुधबार रिट निवदेकका तर्फबाट चारजनाले बहस गरेका थिए भने सरकारका तर्फबाट एक सहन्यायाधिवक्ता र लामिछानेका तर्फबाट दुईजनाले बहस गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका थिए।

    दुवैतर्फका वकिलहरूका बहस सकिएपछि यो मुद्दामा आजै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ। लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो।

    तर पुस ६ मा बसेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो।

    लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनस् पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

    साथै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार