Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय सहमतिमा जानुपर्छ भन्दा एमालेसँगको अन्डरस्ट्यान्डिङ बिग्रेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनभित्र असन्तुष्टि आएको बताएका छन् ।

पार्टी कार्यालयमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सहमतिमा जानुपर्छ भन्दा गठबन्धनभित्र केही दलसँग अन्डरस्ट्यान्डिङ बिग्रेको बताए ।

संसदमा दुई दलबाहेक सबैले विश्वासको मत दिएकाले राष्ट्रिय सहमति गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उनको ब्रिफिङ थियो ।

'संसद सहभागी लगभग सबै दलले विश्वासको मत दिएको अवस्थामा छ। यस्तो अवस्थामा सबैलाई मिलाएर लैजाने कार्यभार ममाथि आएको छ। त्यही भएर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने जोड मैले सत्ता गठबन्धनमा गरेको छु,' बैठकमा प्रचण्डले भने ।

उनले राष्ट्रिय सहमतिमा जोड दिँदा गठबन्धनभित्र केही असन्तुष्टि आएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077