Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भूसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई पाटीएको महासचिव बनाउने तयारी गरिरहेको छ ।

स्रोतका अनुसार हाल महासचिवको जिम्मेवारीमा रहेका वेदुराम भुसाललाई उपाध्यक्ष बनाउने र महासचिवको जिम्मेवारी घरश्याम भुसाललाई दिने पार्टीभित्र सहमति बनिसकेको छ ।

तत्कालीन नेकपा विभाजनलगत्तै एमालेबाट फुटेर एकीकृत समाजवादी गठन भएको थियो । घनश्याम भुसाल सुरुमा माधव नेपाल पक्षमै रहे पनि विभाजनका बेला भने एमालेमै बसेका थिए ।

तर गत मंसिर ४ को आमनिर्वाचनका बेला एमाले अध्यक्ष केपी ओलीले भुसाललाई टिकट नदिएपछि एमालेबाट अलग्गिएर स्वतन्त्र रुपमा चुनाव लडेका थिए । हालै मात्र उनलाई एकीकृत समाजवादीले पार्टीमा भित्र्याएको हो ।

अब महासचिवको जिम्मेवारी दिने औपचारिक निर्णय भने यही माघ २१ र २२ गते बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077