Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी पूर्वउपराष्ट्रपति पेन्सको घरमा पनि भेटिए गोप्य दस्तावेज

एजेन्सी । अमेरिकाका पूर्वउपराष्ट्रपति माइक पेन्सको निवासमा गोप्य सरकारी दस्तावेज फेला पारिएको छ । अमेरिकी सरकारमा सेवा गरेका उच्च पदस्थ अधिकारीहरुका घरमा गोप्य कागजात भेटिएको यो पछिल्लो घटना हो ।

गत साता एकजना वकिलले इण्डियानास्थित पेन्सको निवासमा भेटाएका ती कागजात अमेरिकाको संघीय जाँचबुझ ब्युरो (एफबीआई) लाई हस्तान्तरण गरिएको छ ।

अनुसन्धानकर्ताहरुले यसअघि पटकपटक राष्ट्रपति जो बाइडेनका निवास र कार्यालयमा भेटिएका यस्तै गोप्य कागजातमाथि पनि छानबिन गरिरहेका छन् ।

यसैगरी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि गोप्य सरकारी फाइलहरु दुरुपयोग गरेको आरोपमा आपराधिक अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077