Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार दुई जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ८ बस्ने ३६ वर्षीय शिवकुमार महरा र ४५ वर्षीय नागेश्वरी यादव छन् ।

महरालाई शहीद नगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरबाट र यादवलाई कमला नगरपालिका ८ टेढामोडबाट पक्राउ गरिएको धनुषा प्रहरीले बताएको छ ।

दुबैलाई धनुषा जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा रु ५० हजार जरिवाना र ९ वर्ष कैदको सजाय सुनाएको थियो ।

महेन्द्र गोहिबारको जाहेरीले वादी नेपाल सरकार रहेको मुद्दामा अदालतले फैसला सुनाएपछि दुवै फरार रहँदै आएका थिए ।

पक्राउ परेका दुवैलाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077