Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली बिल बनाई साढे दुई लाख भ्रष्टाचार, होटल संञ्चालकसहित चार जनाबिरुद्ध मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत पञ्चपुरी नगरपालिकाका लेखा अधिकृतसहित ४ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा, न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टरका सञ्चालक भविलाल रामजाली, नगरपालिकाका अधिकृत छैटौ लाल बहादुर सुवेदी र अधिकृत छैटौ तुलसी केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनिहरु माथि विभिन्न खर्च शीर्षकबाट खर्च लेखी होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेकोआरोप छ ।

पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढाले होटल संचालकसँग खाली बिल मागेर बिलमा किर्ते बिल भरपाई तयार गरी दुई लाख ६२ हजार ५ सय दुई रुपैयाँ भुक्तानी लिएको आरोप छ ।

त्यस्तै,आयोगले न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजालीबिरुद्ध समेत मुद्धा दायर गरेको छ । रा

मजालीले नगरपालिकाबाट भुक्तानी लिनका लागि आफ्नो होटलको बिलमा आफैले भरी भुक्तानीका लागि निबेदनसाथ पेश गर्नुपर्नेमा सो नगरी उक्त होटलको पान नं भएको खाली बिलहरुमा छाप लगाई मोहन बहादुर बुढालाई दिएको आरोप छ ।

उनले गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले कार्य गरी झुट्टा बिल भरपाई बनाउने कार्यमा मतियार भएको अख्तियारको दाबी छ ।

पञ्चपुरी नगरपालिकाका अधिकृत छैटौतहममा कार्यरत लाल बहादुर सुवेदी र तुलसी केसीले झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी गर्न सहयोग गरेको आयोगले जनाएको छ ।

चारै जनाले गलत बिल बनाई दुई लाख ६२ हजार ५ सय दुई रुपैयाँ बढी भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077