Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिक बन्दी रिहा गर्न सरकारले अविलम्ब विधेयक सदनमा ल्याओस् : बालकृष्ण खाँण

बुटवल । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशका आधारमा वर्तमान सरकारले विधेयक अविलम्ब सदनमा ल्याउनु पर्ने बताएका छन् ।

मंगलबार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै निवर्तमान गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले थारु कल्याणकारिणी सभा, नेपाल कम्युनिस्ट पार्टी र तराई मधेशका अन्य राजनीतिक शक्तिहरुसँग तत्कालीन सरकारले गरेको सम्झौता अनुसार मुद्दा फिर्ता लिन र उनीहरुलाई रिहाइ गर्न कानुनी बाधा हटाउनु पर्ने बताए ।

राजनीतिक उद्देश्यका लागि विभिन्न राजनीतिक शक्तिहरूले गरेका आन्दोलन र विद्रोहका कारण मुद्दा लागेका र जेल बसेका नेता कार्यकर्तालाई जेलबाट छुटाउन सके शान्तिप्रक्रिया निष्कर्षमा पुग्न सहज हुने उनको भनाई छ ।

देउवा सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ११६ दफामा उपदफा थपेर जुनसुकै तहको अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्न सरकारलाई बाधा नपुग्ने व्यवस्थासहित अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077