Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डका ३० दिन : अभूतपूर्व विश्वासको मत, २१ दिन सिंहदबारबाट कामकाज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।

तत्कालीन गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा प्रधानमन्त्री बनेका प्रचण्डको एक महिने कार्य विवरण सार्वजनिक भएको हो ।

मंगलबार प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन पुगेको छ । पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डप्रति जुन समर्थन देखापर्यो, त्यो नेपाली राजनीतिकै निम्ति अभूतपूर्व र ऐतिहासिक छ ।

'कोभिड महामारी, विश्वव्यापी रूपमा देखा परेको आर्थिक मन्दी र त्यसको नेपालमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव भोगिरहेको बेला देशको बागडोर सम्हालेका प्रचण्डले संसदबाट विश्वासका मत लिए । नेपालका संसदीय इतिहासमै ९९ प्रतिशत संसदको समर्थनमा विश्वासको मत हासिल गरे,' प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको कार्य विवरणमा उल्लेख छ ।

प्रचण्ड गत पुष १० गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यस्तो छ पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077