Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर छ ।

नयाँ बानेश्वरको सडकमा इलामको पञ्चकन्याका अन्दाजी ३६ वर्षीय प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैँलाई आगो लगाएका थिए ।

सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले आत्मदाहको प्रयासको गर्ने आचार्यलाई प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको छ।

उनले आत्मदाहको प्रयास गर्नुको कारण खोज्न थालिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077