Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसको नजर अब राष्ट्रपतिमा, रणनीति बनाउन आन्तरिक छलफल तीव्र

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिका सन्दर्भमा आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।

सभापति देउवाले सोमबार धुम्बाराहीमा बोलाएको पदाधिकारीहरू र पूर्वपदाधिकारीको बैठकमा परिणाम हात लाग्ने गरी राष्ट्रपति निर्वाचनमा होमिने र एकताबद्ध भएर जानुपर्ने बताए थिए ।

माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीति बनाइरहेको छ । पार्टीको आन्तरिक मतभेदलाई थाँती राखेर कांग्रेस सभापति देउवाले रणनीतिक छलफल अगाडि बढाएको कांग्रेस स्रोतले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष नेताको बैठक बोलाएको स्रोतको दाबी छ । भोलिको बैठकमा केन्द्रीय कार्यसमिति बैठकका सन्दर्भमा पनि छलफल हुने छ ।

माघ १५ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने सङ्केत गरेको छ ।

राष्ट्रपतिको निर्वाचन माघभित्रै गर्न निर्वाचन आयोगको लिखित ध्यानाकर्षण गराउने कांग्रेसको तयारी छ । साथै राष्ट्रपतिमा सत्ता गठबन्धनको समर्थन जुटाउन विश्वासको वातावरण बनाउन कांग्रेसको लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077