Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका नगरप्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न पुनः म्याद थप

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेमाथि छानबिन गर्न फेरि एक हप्ताको म्याद थप गरिएको छ ।

महिला नगरप्रहरी हवल्दारलाई सुत्केरी बिदा नदिएको तथा दुर्व्यवहार गरेको आरोप लागेका एसपी पाण्डेमाथि छानबिन गर्न महानगरको छानबिन समितिले म्याद थप गरेको हो ।

गत पुस ८ गते महानगरले छानबिन गर्न समिति गठन गरेको थियो । अनुसन्धान नसकिएको भन्दै पहिलोपटक पुस २२ गते म्याद थप गरिएको थियो । सो म्याद अनुसार छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने थियो । तर, छानबिनका लागि प्रयाप्त समय नपुगेको भन्दै पुनः म्याद थप गरिएको बताइएको छ ।

पाण्डेले सुत्केरी अवस्थाकी महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको र तथानाम गाली गर्दै ‘तैले मेरो बच्चा पाको होस् र ? जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिनू’ भनेर दुर्व्यवहार गरेको आरोप पीडित पक्षको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077