Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपतिको निर्वाचन फागुनभित्र गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फागुनभित्रै राष्ट्रपति निर्वाचन गराउन माग गरेको छ ।

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार बसेको बैठकले चुनाव सारेर कामचलाउ राष्ट्रपतिले काम गर्ने अवस्था निर्माण नगर्न ध्यानाकर्षण गराएको हो ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिदै समयमै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए ।

प्रवक्ता महतले कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि कानुनी समस्या भए तत्काल बाधा अड्चन हटाएर फागुन मसान्तभित्र अनिवार्य राष्ट्रपति चुनाव गर्न सरकार र निर्वाचन आयोगलाई ध्यानकर्षण गराउने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077