Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुख इन्दिराले आज शपथ लिँदै

काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छन् ।

राना राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट साँझ ५ बजे शपथ ग्रहण गर्न लागेकी हुन् ।

प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन् ।

उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077