Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो ।

पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ।

साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ ।

महामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077