Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, १० जना मारिए

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २० मिनेटमा यस्तो घटना भएको हो । यस्तै गोली प्रहारबाट कम्तीमा अरु १० जना घाइते भएका छन् ।

लुनार नयाँ वर्षका अवसरमा रमाइलो गर्न हजारौं मानिस भेला भएको बेला गोली प्रहार भएको क्यालिफोर्नियाको प्रहरीले जनाएको छ ।

लुनार नयाँ वर्षको एक हप्ता लामो उत्सव मनाउन हजारौँ व्यक्तिको उपस्थिति थियो । राति उत्सव सकिनुभन्दा केही मिनेट अघि मात्र गोली चलेको बताइएको छ ।

एक जना पुरुषले मेसिनगनबाट गोली चलाएको अनुमान् रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077