Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विमान दुर्घटनामा परेका एक जनाको अवस्था अझै अज्ञात

काठमाडौं । पोखरा विमान दुर्घटनामा बेपत्ता भएका एकजनाको अवस्था अझै अज्ञात रहेको छ । दुर्घटना भएको एक हप्ता बितिसक्दा पनि एकजनाको अवस्था अझै अज्ञात रहेको रहेको हो ।

नेपाली सेनाले दिनहुँ खोज्ने काम जारी राखे पनि शव भेटिएको छैन् । रात परेकाले आजका लागि खोजी कार्य स्थगित गरिएको सेनाले जनाएको छ ।

यस्तै पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी सकेको छैन । शव अत्यधिक जलेका कारण फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो ।

काठमाडौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागले जनाएको छ ।

माघ १ गते आइतबार यती एयरको विमान दुर्घटनामा परेको थियो । जसमा सवार ७२ जनाध्ये ७१ जनाको शव भेटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077