Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनमा उपप्रधानमन्त्री हटाउने प्रस्ताव गरेको छु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भए पनि आफू भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाउन तयार रहेको बताए ।

उनले उपप्रधानमन्त्री पद सबैभन्दा पहिला आफ्नैबाट हटाउन सुरु गरे पनि तयार रहेको बताए ।

‘उपप्रधानमन्त्री हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन । अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ । मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन,’ गृहमन्त्री लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077