Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री लामिछानेको स्पष्टीकरण - उपप्रधानमन्त्री पदले राज्यलाई भार थपिएको छैन्

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री पदले राज्यको भार नथपिएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकपछि बाहिरिने क्रममा उनले सञ्चारकर्मीको प्रश्नमा यस्तो बताएका हुन् ।

उनले दलीय सहमतिअनुसार उपप्रधानमन्त्री थपिए पनि भार नथपिने बताए । उनले सुरक्षा कटौतिसमेत आफूले गरेको भन्दै उपप्रधानमन्त्री हटाउनपरे आफ्नो नाम पहिलो नम्बरमा काट्ने बताए ।

'सुरुमा जसरी सत्ताको समीकरण बन्दैगर्दा दलहरू पनि थपिँदै गए। जसका कारण उपप्रधानमन्त्री थपिएका हुन्। सबै जनाको हटाउने भए पहिले मेरोबाट हटाइदिए पनि केहि फरक पर्दैन। यो एउटा अभ्यास हो। यसले एकदमै ठूलो भार पर्दैन,' गृहमन्त्री लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077