Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा प्रभु साहको प्रश्न - उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ?

काठमाडौं । सांसद् प्रभु साहले उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन नल्याउने बताएका छन्। प्रतिनिधिसभामा बोल्दै सांसद् साहले पदले समाज परिवर्तन नहुने बताएका हुन्।

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरलाई समर्थन गर्दै उनले पदहरु आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरु, के यति जरुरी थियो ? के आवश्यकताको कोणबाट यति उपप्रधानमन्त्री बनाएको हो ? यो उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? नेपाली जनतालाई उत्साहित गर्छ ।’

सदाचारका कुरामात्रै गर्न नहुने बताए। सांसद साहले उपप्रधानमन्त्री नै चाहिने भए परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा उपयुक्त हुने बताए ।

भागवण्डाको राजनीति भनेको व्यक्ति खुशी बनाउने राजनीति भएकाले यसलाई ब्रेक थ्रु गर्नुपर्ने साहले बताए । पदहरु आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने भन्दै उनले भागवण्डाको राजनीतिले देश लाई समृद्धिको बाटोमा नजाने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077