Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्थतन्त्र सुधारका लागि सरकारलाई सबैको साथ आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन् ।

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताए ।

उनले अर्थमन्त्रालय मुलुकको चुनौतिपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको बताए ।

बजेटको मध्यावधिक समीक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको अर्थमन्त्री पौडेलले स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077