Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माइत जान भनेर घरबाट हिँडेकी महिला बलात्कृत, प्रहरी जवान पक्राउ

दाङ । बलात्कारको आरोपमा दाङमा प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्की रहेका छन् ।

सल्यान माइत जान भनेर घरबाट हिँडेकी महिला समयमै माइत नपुगेपछि महिलाका श्रीमानले खोजी गर्दै आएका थिए ।

घर फर्केपछि महिलाका श्रीमानले माइत समयमा नगएको बारेमा सामान्य विवाद गरेपछि श्रीमान र श्रीमती मिलि जिप्रका आएर कार्कीविरुद्ध बलात्कारमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

प्रहरी जवान कार्की र ती महिलाबीच सम्बन्ध रहँदै आएको र होटलको रजिष्ट्रेशनमा पनि श्रीमान र श्रीमतीकोरुपमा पनि देखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कार्कीलाई १३ दिनदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध जबरजस्तीकरणीमा मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077