Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसबाट उपसभामुख उम्मेदवार मुक्ता यादव

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ ।

शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारी बैठकले सांसद मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् । कांग्रेसले सभामुख पदमा पनि महिला उम्मेदवार बनाएको थियो । पार्टीबाट ईश्वरीदेवी न्यौपाने उमेदवार बनेकी थिइन् ।

बिहीबार भएको सभामुखको चुनावमा उनले कांग्रेससहित नेकपा(एस) र लोसपको भोट पाएकी थिइन् । सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उम्मेदवार बनाएको छ ।

विपक्षी गठबन्धनमा सम्बद्ध एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग महिला सांसद नभएकाले कांग्रेसले नै उपसभामुखमा उम्मेदवारी दिन लागेको हो ।सभामुखमा घिमिरे निर्वाचित भएकाले महिला नै उम्मेदवार बनाउनुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077