Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौं । उपसभामुखको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा विहान साढे १० बजेबाट बैठक सुरु भएको हो ।

कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट उपसभामुख उम्मेदवार उठाउने तयारी छ ।

उपसभामुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी खडा गर्न खोजेको छ । कांग्रेसबाट ईश्वरी न्यौपानले सभामुखमा उम्मेदवारी दिएकी छन् ।

उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा उम्मेदवारी दिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077