Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपसभामुखको उम्मेदवार टुंग्याउन रास्वपाको बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको उमेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ । आज बिहान करिब ९ बजेदेखि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

बैठकबाट उपसभामुखको उमेदवार टुंगो लगाइने बताइएको छ । उपसभामुखका लागि आज उमेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ ।

सत्ता गठबन्धनमा आबद्ध दलबीच विभिन्न पदको भागबन्डा गर्दा उपसभामुखमा रास्वपाको भागमा परेको थियो । रास्वपाबाट उपसभामुखमा सोबिता गौतम, डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगरलगायत सांसदहरु आकांक्षी छन् । तर रास्वपाले सांसद सोबिता गौतमलाई उम्मेदवार बनाउने सम्भावना बलियो छ ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित गौतमले कानुनमा बीएलएलबी गरेकी छन्। उपसभामुखको चुनाव यही माघ ७ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077