Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपसभामुखको उम्मेदवार टुंग्याउन रास्वापाको बैठक बस्दै, सोबिताको सम्भावना बलियो

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदबारे छलफल गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको बैठक बस्दैछ ।

बैठक आज बिहान साढे ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्न लागेको हो । सत्ता साझेदार दलबीचको भागबन्डामा उपसभामुख रास्वपाको भागमा परेको हो ।

रास्वपाबाट उपसभामुखमा सोबिता गौतम, डा। चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगरलगायत सांसदहरु आकांक्षी छन् । तर रास्वपाले सांसद सोबिता गौतमलाई उम्मेदवार बनाउने सम्भावना बलियो छ ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित गौतमले कानुनमा बीएलएलबी गरेकी छन्। उपसभामुखको चुनाव यही माघ ७ गते हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077