Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री लामिछाने र बेलायतकी राजदूत निकोलाबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहीबार बिहान गृह मन्त्रालयमै भेट भएको हो ।

भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउँदै जाने विषयमा कुराकानी भएको बताइएको छ ।

सबैभन्दा पुरानो दौत्य सम्बन्ध रहेको नेपाल र बेलायतबीच सधै सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने बारे छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077