Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोंगबुको होटलबाट ७ सय बढी राहदानीसहित तीन जना पक्राउ

काठमाडौं । गोंगबुबाट ७ सय बढी राहदानीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबु वीरेन्द्र एश्वर्यमार्गमा रहेको होटलबाट राहदानीसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका-३ घर भई टोखा बस्ने ४८ वर्षीय लोकजंग खड्का, सिन्धुली कमलामाई घर भई मित्रनगर बस्ने ४४ वर्षीय शेरनारायण श्रेष्ठ र गुल्मी छत्रकोट गाउँपालिका-९ घर भई मित्रनगर बस्ने ३८ वर्षीय मिनबहादुर सोम्रे छन्।

होटल सोना र पल्लीकोटबाट ७३१ वटा राहदानीसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूले ती होटलमा शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। ती राहदानी कसका हुन् र के प्रयोजनका लागि संकलन गरेको भन्नेबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077